अहिले बैतडीमा कोरोनाको संक्रमण दर १ दशमलव ४ प्रतिशत मात्र रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘अघिल्लो साता ४ प्रतिशतमा रहेको संक्रमण दर अहिले झरेको छ । त्यसअघि ११ प्रतिशत थियो ।’

कोरोना संक्रमणको दर धेरै घटेको उनले बताए । परीक्षण भने बढाएको उनको भनाइ थियो । यो ७ दिनमा १ हजार ६ सय ६३ जनाको कोरोना परीक्षण गरिएकामा २४ जनालाई मात्र पोजिटिभ देखिएको उनले बताए ।

निषेधाज्ञा खुकुलो गरिँदै

कोरोनाको संक्रमण दर घटेसँगै जिल्लामा निषेधाज्ञा पनि खोलिने भएको छ । जिल्ला कोरोना व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले असार १६ गतेबाट जिल्लामा निषेधाज्ञा खोल्ने निर्णय गरेको हो ।

सवारीसाधन पनि जिल्लाभित्र खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । चालकहरूको कोरोना परीक्षण गरेर सवारीसाधन सञ्चालनमा ल्याइने छ।

उनले भने, ‘पसलहरू पनि बिहानबाट साँझ ७ बजेसम्म खोल्न दिइनेछ । होटल, रेस्टुरेन्टलाई भने डेलिभरी गर्न मात्र दिइने छ ।’ जिल्ला प्रशासन कार्यालय, मालपोतलगायतका सरकारी कार्यालयको सेवा प्रवाह पालिकाअनुसार फरक—फरक दिन दिने निर्णय भएको बताए ।

" /> बैतडीमा कोरोना सङ्क्रमितको सङ्ख्या न्यून - Sarbocha Media

बैतडीमा कोरोना सङ्क्रमितको सङ्ख्या न्यून

`

     २०७८ आषाढ १३ गते ६:५२

बैतडी, १३ असार । बैतडीमा अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या शून्य भएको छ । जिल्लाका कुनै पनि स्वास्थ्य संस्थाहरूमा कोरोनाका बिरामी भर्ना भएका छैनन् ।

गत सोमबारबाट जिल्ला अस्पतालमा पनि कोरोनाका बिरामी नरहेका अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । अहिले कोरोनाको संक्रमण दर जिल्लामा धेरै कम भएको उनले बताए । परीक्षण भएका केसमा थोरैलाई मात्र पोजिटिभ देखिएको उनले बताए ।

अहिले बैतडीमा कोरोनाको संक्रमण दर १ दशमलव ४ प्रतिशत मात्र रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘अघिल्लो साता ४ प्रतिशतमा रहेको संक्रमण दर अहिले झरेको छ । त्यसअघि ११ प्रतिशत थियो ।’

कोरोना संक्रमणको दर धेरै घटेको उनले बताए । परीक्षण भने बढाएको उनको भनाइ थियो । यो ७ दिनमा १ हजार ६ सय ६३ जनाको कोरोना परीक्षण गरिएकामा २४ जनालाई मात्र पोजिटिभ देखिएको उनले बताए ।

निषेधाज्ञा खुकुलो गरिँदै

कोरोनाको संक्रमण दर घटेसँगै जिल्लामा निषेधाज्ञा पनि खोलिने भएको छ । जिल्ला कोरोना व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले असार १६ गतेबाट जिल्लामा निषेधाज्ञा खोल्ने निर्णय गरेको हो ।

सवारीसाधन पनि जिल्लाभित्र खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । चालकहरूको कोरोना परीक्षण गरेर सवारीसाधन सञ्चालनमा ल्याइने छ।

उनले भने, ‘पसलहरू पनि बिहानबाट साँझ ७ बजेसम्म खोल्न दिइनेछ । होटल, रेस्टुरेन्टलाई भने डेलिभरी गर्न मात्र दिइने छ ।’ जिल्ला प्रशासन कार्यालय, मालपोतलगायतका सरकारी कार्यालयको सेवा प्रवाह पालिकाअनुसार फरक—फरक दिन दिने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?