काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । बुधबार देशभर १२ हजार ४ सय १४ जनामा कोरोना परीक्षण भएको छ।
उनले २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको बताए। त्यस्तै ३ हजार ५सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
काठमाडौँ उपत्यकाका भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा तीन सय ४६ गरी कूल चार सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता पौडेलले जानकारी दिए।




