काठमाडौँ, ८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर परीक्षण बढाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ।
गत २४ घण्टामा १६ हजार ९ सय १३ जनाको परीक्षण गर्दा ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
१२ हजार २ सय ४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो। यसअघि १० देखि १२ हजारको हारहारीमा परीक्षण गर्दा २ देखि ३ हजारको संख्यामा संक्रमित थपिइरहेको थियो।
संक्रमित घट्न थालेको भन्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आजदेखि निषेधाज्ञा खुकुलो पारिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ। कूल मृतकको संख्या ८ हजार ८ सय १३ पुगेको मन्त्रालयले जनाएको छ ।
उक्त अवधिमा ४ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणमुक्त हुने दर ९० दशमलब २ प्रतिशत पुगेको छ।




