भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ६२ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडु र केरलामा सात हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या ६ हजारमा झरेको छ । दिल्लीमा दैनिक एक सयभन्दा कम कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

भारतमा अहिलेसम्म २८ करोड ८७ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

" /> भारतमा दैनिक कोरोनाका सङ्क्रमितको सङ्ख्या ४२ हजारमा झर्‍यो - Sarbocha Media

भारतमा दैनिक कोरोनाका सङ्क्रमितको सङ्ख्या ४२ हजारमा झर्‍यो

`

     २०७८ आषाढ ०८ गते ७:४१

एजेन्सी, ८ असार। भारतमा कोरोना भाइरस संक्रमणका संख्या दैनिक ४२ हजारमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ९१ दिनयताकै सबैभन्दा कम हो ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा १ हजार १ सय ६७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ३०२ पुगेको छ । साथै हालसम्म कोरोना संक्रमितको संख्या २ करोड ९९ लाख ७७ हजार नाघेको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ६२ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडु र केरलामा सात हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या ६ हजारमा झरेको छ । दिल्लीमा दैनिक एक सयभन्दा कम कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

भारतमा अहिलेसम्म २८ करोड ८७ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?