एमाले अध्यक्ष ओलीसहित कर्णाली प्रदेश सभा सचिवालय पनि भ्याकेटमा गएको छ। प्रकाश ज्वाला,नन्दसिंह बुढा, कुर्मराज शाही र अमरवहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारवाही गरेको थियो।

कर्णाली प्रदेशका ४ जना सांसदले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा गरेर भएको कारवाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो। सो आदेश खारेजीको माग गर्दै ओली पक्षबाट आइतवार भ्याकेट निवेदन दिइएको थियो।

" /> ओलीको भ्याकेट निवेदन माथि सुनुवाई हुँदै - Sarbocha Media

ओलीको भ्याकेट निवेदन माथि सुनुवाई हुँदै

`

     २०७८ आषाढ ०८ गते ७:००

काठमाडौँ, ८ असार । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष केपी शर्मा अ‍ोलीको तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ।

भ्याकेटको निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

एमाले अध्यक्ष ओलीसहित कर्णाली प्रदेश सभा सचिवालय पनि भ्याकेटमा गएको छ। प्रकाश ज्वाला,नन्दसिंह बुढा, कुर्मराज शाही र अमरवहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारवाही गरेको थियो।

कर्णाली प्रदेशका ४ जना सांसदले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा गरेर भएको कारवाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो। सो आदेश खारेजीको माग गर्दै ओली पक्षबाट आइतवार भ्याकेट निवेदन दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?