काठमाडौँ, ८ असार। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा प्रतितोलामा ६ सय रुपैयाँले बढेको हो।
मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोलामा ९१ हजार रुपैयाँ कारोबार भएको छ । सोमबार प्रतितोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै तेजाबी सुनको भाउ पनि बढेर प्रतितोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । दुई दिनदेखि चाँदीको समेत भाउ निरन्तर बढेको छ। चाँदीको भाउ बढेर प्रतितोलाको १३ सय पुगेको महासंघले जनाएको छ।




