काठमाडौँ, ७ असार । केही दिन यता लगातार ओरोलो लागेको सुनको भाउ आज (सोमबार) प्रतितोलामा ४०० सयले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको बताएको छ । गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार रुपैँयामा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य समेत बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सुनको भाउ बढिरहँदा यता चाँदीको पनि प्रतितोला ५ रुपैयाँले बढको छ । आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




