काठमाडौँ, २८ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । आज सुनको भाउ प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै तेजावी सुनको भाउ प्रतितोेलामा ९४ हजार रहेको महासंघले जनाएको छ ।
साथै चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ७० रुपैयाँ पुगेको छ ।




