बुधबार बसेको संवैधानिक इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ ।

रिट निवेदकले अन्तरिम आदेश माग गरेपनि इजलासले त्यो भने दिएन । रिट निवेदकमध्ये शेरबहादुर देउवासहितका १ सय ४६ सांसदको निवेदनलाई प्राथमिकता दिएर सुनुवाइ हुने भएको हो ।

देउवा लगायतको निवेदनको परिणामले अन्य रिट निवेदनलाई प्रभाव पार्ने भन्दै उक्त निवेदनलाई सुरुमा सुनुवाइ गर्ने भएको हो ।

" /> प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ देखि नियमित सुनुवाइ हुने - Sarbocha Media

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ देखि नियमित सुनुवाइ हुने

`

     २०७८ ज्येष्ठ २६ गते १०:५०

काठमाडौँ, २६ जेठ । ‍ सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ ।

बुधबार बसेको संवैधानिक इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ ।

रिट निवेदकले अन्तरिम आदेश माग गरेपनि इजलासले त्यो भने दिएन । रिट निवेदकमध्ये शेरबहादुर देउवासहितका १ सय ४६ सांसदको निवेदनलाई प्राथमिकता दिएर सुनुवाइ हुने भएको हो ।

देउवा लगायतको निवेदनको परिणामले अन्य रिट निवेदनलाई प्रभाव पार्ने भन्दै उक्त निवेदनलाई सुरुमा सुनुवाइ गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?