काठमाडौँ, २५ जेठ । गत सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार पुनः बढेर फेरी आज सुनको प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको भाउ समेत प्रतितोला ३ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै चाँदीको भाउ भने गत मंगलबारकै भाउमा कायम हुँदै प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




