काठमाडौँ, २४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मुलुक भर १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९ सय ३ परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




