काठमाडौँ, २४ जेठ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलोपटक सञ्चारमाध्ममा बोल्दै मन्त्री तामाङले नागरिकको ज्यान जोगाउने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
उनले कोरोना कहरबाट नागरिकलाई मुक्त गराउनु आफ्नो प्रमुख दायित्व रहेकोसमेत बताए ।




