काठमाडौँ, १९ जेठ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर पीसीआर विधिबाट १३ हजार ८०५ तथा एन्टिजेन विधीबाट ३ हजार ७३ वटा नमुनाको परीक्षण गरिएकोमा आज काठमाडौँमा ९६९ भत्तपुरमा १८१ र ललितपुरमा ३०६ जना नयाँ संक्रमित थपिएका हुन् ।
देशभर आज ८३७ संस्थागत क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




