आज (मंगलबार) ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

सामूहिक लगानी कोषबाहेक सबै सूचक उकालो लागेको छ। घटिरहेको लघुवित्त समूह पनि ६९ अङ्कले माथि गएको छ।

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५९४ रुपैयाँ पुगेको छ। सानिमा माइ हाइड्रोमा पनि बढेर सर्किट लाग्दा मूल्य ५०६ रुपैयाँ पुगेको छ। मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्यमा पनि बढेको छ ।

" /> नयाँ उचाइ पछ्याउँदै सेयर बजार : नेप्से ५५अङ्कले बढ्यो - Sarbocha Media

नयाँ उचाइ पछ्याउँदै सेयर बजार : नेप्से ५५अङ्कले बढ्यो

`

     २०७८ ज्येष्ठ १९ गते १०:१९

काठमाडौँ, १९ जेठ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा हयिाली छाउँदा नेप्से नयाँ उचाइ नजिक पुगेको छ । आइतबार २८२७.९३ अङ्कको ऐतिहासिक उचाइमा पुगेको नेप्सेमा सोमबार र मंगलबार लगातार दुई दिन गिरावट भएको थियो ।

तर आज साताको चौथो कारोबार दिन भने नेप्से ५५.७६ अंकले बढेर २८२७.१३ अंकमा बन्द भएको छ ।

आज (मंगलबार) ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

सामूहिक लगानी कोषबाहेक सबै सूचक उकालो लागेको छ। घटिरहेको लघुवित्त समूह पनि ६९ अङ्कले माथि गएको छ।

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५९४ रुपैयाँ पुगेको छ। सानिमा माइ हाइड्रोमा पनि बढेर सर्किट लाग्दा मूल्य ५०६ रुपैयाँ पुगेको छ। मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्यमा पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?