उनले भने, ‘बजेटमै अर्थमन्त्री ज्यूले बिओपी थप्ने कुरा घोषणा भइसकेको छ । थप बि‌ओपीका लागि थप सशस्त्र प्रहरीको जनशक्ति आवश्यक पर्छ । यसका लागि दरबन्दी थपको प्रक्रिया अघि बढेको छ ।’

सशस्त्र प्रहरीले एक वर्षअगाडि करिब १० हजार जनशक्ति थप्ने प्रस्ताव गरिसकेको छ । तर, कोभिड–१९ को महामारी सुरु भएपछि त्यो अगाडि बढेको थिएन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले पनि दरबन्दी थप्न लागेको पुष्टि गरे ।

उनले भने, ‘गत वर्ष हामीले राजस्व, भन्सारजस्ता केही गुल्महरू खारेज गरेर सीमामा सुरक्षा बढाएका थियौं । यो वर्ष नयाँ बीओपी थपिएसँगै दरबन्दी आवश्यक पर्ने देखिन्छ । त्यसको प्रक्रिया अघि बढेको छ ।’

इन्स्पेक्टरको कमान्डमा हुने एउटा बिओपीमा ३५ जनाको दरबन्दी हुन्छ । तर, धेरैजसो बिओपीमा ३० भन्दा थोरै प्रहरी कार्यरत छन् । पर्याप्त जनशक्ति नहुँदा अहिले नै बिओपीमा समस्या छ । एक सय २० बिओपीका लागि चार हजार दुई सय दरबन्दी आवश्यक हुन्छ । पर्दाफासबाट साभार

" /> ४ हजार दरबन्दी थप्न सशस्त्र प्रहरीको प्रस्ताव - Sarbocha Media

४ हजार दरबन्दी थप्न सशस्त्र प्रहरीको प्रस्ताव

`

     २०७८ ज्येष्ठ १९ गते ९:१८

काठमाडौँ, १९ जेठ । सरकारले सशस्त्र प्रहरी बलमा करिब चार हजार दरबन्दी थप्ने गृहकार्य सुरु गरेको छ ।

बजेट बक्तव्यमा आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम घोषणा भएपछि गृहले दरबन्दी थप गर्ने तयारी सुरु गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बजेटमै बिओपी थप्ने योजनाअन्तर्गत सशस्त्र प्रहरीको दरबन्दी पनि बढाइन लागिएको बताए ।

उनले भने, ‘बजेटमै अर्थमन्त्री ज्यूले बिओपी थप्ने कुरा घोषणा भइसकेको छ । थप बि‌ओपीका लागि थप सशस्त्र प्रहरीको जनशक्ति आवश्यक पर्छ । यसका लागि दरबन्दी थपको प्रक्रिया अघि बढेको छ ।’

सशस्त्र प्रहरीले एक वर्षअगाडि करिब १० हजार जनशक्ति थप्ने प्रस्ताव गरिसकेको छ । तर, कोभिड–१९ को महामारी सुरु भएपछि त्यो अगाडि बढेको थिएन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले पनि दरबन्दी थप्न लागेको पुष्टि गरे ।

उनले भने, ‘गत वर्ष हामीले राजस्व, भन्सारजस्ता केही गुल्महरू खारेज गरेर सीमामा सुरक्षा बढाएका थियौं । यो वर्ष नयाँ बीओपी थपिएसँगै दरबन्दी आवश्यक पर्ने देखिन्छ । त्यसको प्रक्रिया अघि बढेको छ ।’

इन्स्पेक्टरको कमान्डमा हुने एउटा बिओपीमा ३५ जनाको दरबन्दी हुन्छ । तर, धेरैजसो बिओपीमा ३० भन्दा थोरै प्रहरी कार्यरत छन् । पर्याप्त जनशक्ति नहुँदा अहिले नै बिओपीमा समस्या छ । एक सय २० बिओपीका लागि चार हजार दुई सय दरबन्दी आवश्यक हुन्छ । पर्दाफासबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?