बाँके, १९ जेठ । पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र युनाइटेड अस्पतालमा १/१ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँके, सुर्खेत र बझाङका १/१ जना छन्।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरीमा उपचाररत चौकुने ४ सुर्खेतका ७० वर्षीय पुरुष, युनाइटेड अस्पतालमा नेपालगन्ज ८ बाँकेका ६७ वर्षीय पुरुष र नेपालगन्ज मेडिकल कलेजमा खप्तडचना ४ बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।
योसँगै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २९६ जना पुगेको छ भने बाहिरी जिल्लाका २९४ जनाको मृत्यु भएको छ।




