काठमाडौँ, १८ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित रहेका छन् ।
२४ घण्टामा देशभर थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




