उनका ५ सदस्यीय परिवारमा ४ जना भाइरस संक्रमित छन् । चारै जनाको अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमा बसेको स्वास्थ्य शाखा संयोजक पौडेलले बताए ।

त्यस्तै भाइरस संक्रमणले आइतबार जिल्लामा थप दुई जनाको मृत्यु भएकोछ । कपिलवस्तु नगरपालिका ८, का ६५ वर्षे पुरुष र वडा नं। १० का ५२ वर्षकी महिलाको मृत्यु भएको छ ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७७ पुगेको छ । यहाँ आइतबार ४९ जना संक्रमणमुक्त भएका छन् । ५० जना नयाँ संक्रमित थपिएर सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ३४ पुगेको छ ।

" /> कोरोना सङ्क्रमणका कारण एकै परिवारका २ जनाको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण एकै परिवारका २ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ १६ गते ११:४४

कपिलवस्तु, १६ जेठ । वाँणगंगा नगरपालिका–११, देउवापारमा कोरोना भाइरस संक्रमणले एक सातामा बाबुछोराको मृत्यु भएको छ । ७० वर्षे बाबु घिसावन थारुको शनिबार राति मृत्यु भएको हो ।

उनको घरमै मृत्यु भएको वाणगंगा नगरपालिका स्वास्थ्य शाखा संयोजक ठगराज पौडेलले बताए । उनका ४० वर्षे छोरा किसुनको गत जेठ १० गते संक्रमणले मृत्यु भएको थियो ।

उनका ५ सदस्यीय परिवारमा ४ जना भाइरस संक्रमित छन् । चारै जनाको अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमा बसेको स्वास्थ्य शाखा संयोजक पौडेलले बताए ।

त्यस्तै भाइरस संक्रमणले आइतबार जिल्लामा थप दुई जनाको मृत्यु भएकोछ । कपिलवस्तु नगरपालिका ८, का ६५ वर्षे पुरुष र वडा नं। १० का ५२ वर्षकी महिलाको मृत्यु भएको छ ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७७ पुगेको छ । यहाँ आइतबार ४९ जना संक्रमणमुक्त भएका छन् । ५० जना नयाँ संक्रमित थपिएर सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ३४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?