काठमाडौँ, १६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । विभिन्न जिल्लामा गरिएको १० हजार ९८६ पीसीआर परीक्षणमा ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ । क्वारेन्टाइनमा ७६३ जना रहेका छन् ।
२४ घण्टामा देशभर गरी थप १०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ




