काठमाडौँ, १६ जेठ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ अधिकतम ९४ हजार रुपैयाँ कायम भएकोे जनाएको छ । गत शुक्रबारको तुलनामा प्रतितोलामा २ सय रुपैयाँले वृद्धि भएर आइतबार सुन ९४ हजार रुपैयाँ पुगेको हो ।
आज तेजाबी सुनको मूल्य समेत ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
साथै चाँदी भने गत शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँले मात्र वृद्धि हुँदै १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




