काठमाडौँ, १२ जेठ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिडको दोस्रो लहरको सबैभन्दा कम संक्रमित थपिएका छन् । आज उपत्यकाका तीन जिल्लामा जम्मा १ हजार ४ सय ९३ जना संक्रमित थपिएका हुन् ।
जसमा काठमाडौँमा १ हजार १ सय ४९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जना नयाँ संक्रमित थपिएका हुन् ।
मुलुकभर आज ६,७१४ जनामा कोरोना संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




