जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहीआएको र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

कुराकानीमा क्रममा राष्ट्रपति सीले भने, ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैँ तत्पर छौँ।’ दुई राष्ट्रपतिबीचको कुराकानीबारे परराष्ट्र मन्त्रालयले छिट्टै विस्तृत विवरण सार्वजनिक गर्ने राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले बताएको छ।

" /> नेपाल र चीनका राष्ट्रपत्तिबिच टेलिफोन वार्ता : खोप खरिदमा सहजीकरण गरिदिन आग्रह - Sarbocha Media

नेपाल र चीनका राष्ट्रपत्तिबिच टेलिफोन वार्ता : खोप खरिदमा सहजीकरण गरिदिन आग्रह

`

     २०७८ ज्येष्ठ १२ गते ११:३५

काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौँ, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा भनिन् ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहीआएको र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

कुराकानीमा क्रममा राष्ट्रपति सीले भने, ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैँ तत्पर छौँ।’ दुई राष्ट्रपतिबीचको कुराकानीबारे परराष्ट्र मन्त्रालयले छिट्टै विस्तृत विवरण सार्वजनिक गर्ने राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?