किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको र थप विवरण आउन बाकी रहेको विभागका प्रवक्ता डा. ढकालले जानकारी गराए ।

प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानै देखि प्राविधिक खटिएको उनले बताए । आज बेलुकासम्ममा अन्य स्थानको पनि विवरण आइपुग्ने विभागका प्रवक्ता डा. ढकालले बताए ।

" /> काठमाडौँमा फेरि देखियो बर्डफ्लु - Sarbocha Media

काठमाडौँमा फेरि देखियो बर्डफ्लु

`

     २०७८ ज्येष्ठ १२ गते ९:४७

काठमाडौँ, १२ जेठ । काठमाडौँमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार किर्तिपुरका दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए ।

किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको र थप विवरण आउन बाकी रहेको विभागका प्रवक्ता डा. ढकालले जानकारी गराए ।

प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानै देखि प्राविधिक खटिएको उनले बताए । आज बेलुकासम्ममा अन्य स्थानको पनि विवरण आइपुग्ने विभागका प्रवक्ता डा. ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?