काठमाडौँ, १० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उक्त अवधि भरमा थप १८५ जनाको मृत्यु भएको जनाएको छ ।
१ लाख १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् भने ७ हजार ३ सय ७६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
गम्भीर अवस्थाका १ हजार ६ सय ९७ जना संक्रमित आइसियुमा उपचाररत छन्। तीमध्ये ४ सय ६७ जना भेन्टिलेटरमा छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन्।




