उनले भने, ‘हाम्रो ध्यान खोपको प्रबन्ध गर्नेमा छ, चीन, भारत, अमेरिका, बेलायत लगायत देशहरुसँग कुराकानी गरिरहेका छौँ, खोप ल्याउने प्रयास जारी छ, निकट भविष्यमा खोप आउँछ।’

उनले भारतबाट १० लाख डोज खोप केही कारणले रोकिएको बताए। ‘२० लाख खोपका लागि भुक्तानी गरिसकेका थियो,’उनले भने, ‘१० लाख आएको छ, बाँकी १० लाख केही कारणले रोकिएको छ, यसमा केही मिसन पत्रकारिता गर्ने भ्रम फैलाइरहेका छन्।

" /> कोरोना विरुद्धको खोप छिट्टै ल्याउँछौँ : प्रधानमन्त्री ओली - Sarbocha Media

कोरोना विरुद्धको खोप छिट्टै ल्याउँछौँ : प्रधानमन्त्री ओली

`

     २०७८ ज्येष्ठ ०९ गते ९:३३

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप छिट्टै ल्याउने बताएका छन्। आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा खोप ल्याउन पहल गरिरहेको बताएका हुन्।

उनले बाहिरबाट औषधि, पिपिइ,अक्सिजनलगायत अत्यवश्यक स्वास्थ्य सामग्रीहरू पनि ल्याइरहेको बताए।

उनले भने, ‘हाम्रो ध्यान खोपको प्रबन्ध गर्नेमा छ, चीन, भारत, अमेरिका, बेलायत लगायत देशहरुसँग कुराकानी गरिरहेका छौँ, खोप ल्याउने प्रयास जारी छ, निकट भविष्यमा खोप आउँछ।’

उनले भारतबाट १० लाख डोज खोप केही कारणले रोकिएको बताए। ‘२० लाख खोपका लागि भुक्तानी गरिसकेका थियो,’उनले भने, ‘१० लाख आएको छ, बाँकी १० लाख केही कारणले रोकिएको छ, यसमा केही मिसन पत्रकारिता गर्ने भ्रम फैलाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?