उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले जानकारी दिए । जिल्लामा हालसम्म ८ संक्रमितले ज्यान गुमाइसकेको जनाएको छ ।

दोस्रो लहर सुरु भएयता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका थप ३ जनाको समेत मृत्यु भइसकेको छ । यहाँ सक्रिय संक्रमित ४ सय बढी रहेको जनाएको छ ।

" /> ताप्लेजुङमा कोरोना सङ्क्रमणका कारण २ जनाको मृत्यु - Sarbocha Media

ताप्लेजुङमा कोरोना सङ्क्रमणका कारण २ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ ०९ गते ६:१५

ताप्लेजुङ, ९ जेठ । ताप्लेजुङमा कोरोना संक्रमणका कारण दुई जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–४ की ६९ वर्षीया र सिरिजंघा गाउँपालिका–४ का ८० वर्षीया वृद्धा हुन् ।

फुङलिङकी महिला मुटुरोग, प्रेसर, मधुमेहकी बिरामी रहेकी बताइएको छ। उता सिरिजंघाकी महिलालाई श्वास फेर्न समस्या भएपछि आफन्तले शनिबार राति प्राथमित स्वास्थ्य केन्द्र ल्याएका थिए । त्यहाँ स्वास्थ्य जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको थियो।

उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले जानकारी दिए । जिल्लामा हालसम्म ८ संक्रमितले ज्यान गुमाइसकेको जनाएको छ ।

दोस्रो लहर सुरु भएयता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका थप ३ जनाको समेत मृत्यु भइसकेको छ । यहाँ सक्रिय संक्रमित ४ सय बढी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?