काठमाडौँ, ९ जेठ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोलामा ३ सयले बढेको छ ।
गत शुक्रबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ सय रुपैयाँले बढेर ९३ हजार ६ सयमा कारोबार भएको जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कारोबार भएको छ ।
योसँगै चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




