काठमाडौँ, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३ सय ५३ पीसीआर परीक्षणमा ८ हजार ४ सय ७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
यस्तै २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ पुगेको छ । क्वारेन्टाइनमा ९१२ जना छन् ।
कोरोना भाइरस संक्रमणका कारण थप १७७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी १७७ जनाको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।




