काठमाडौँ, ४ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ६ सय रुपैयाँले वृद्धि भएर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा भएको छ ।
योसँगै चाँदीको पनि मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ । आज चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर १ हजार ३ सय ९० रुपैयाँमा भएको महासंघले जनाएको छ ।




