काठमाडौँ, ३ जेठ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।




