सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौँ उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

हिमाली जिल्ला मनाङमा निषेधाज्ञा लगाउनुपर्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन् । उनले भनिन्, ‘यहाँ मान्छे थोरै छ, संक्रमण फैलिने जोखिम छैन, त्यसैले अहिलेसम्म निषेधाज्ञा लगाएका छैनौँ।’

" /> कोरोनाको महामारी बढेसँगै ७४ जिल्लामा निषेधाज्ञा, अब ३ जिल्ला मात्र खुला - Sarbocha Media

कोरोनाको महामारी बढेसँगै ७४ जिल्लामा निषेधाज्ञा, अब ३ जिल्ला मात्र खुला

`

     २०७८ ज्येष्ठ ०३ गते ११:१७

काठमाडौँ, ३ जेठ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् ।

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् । हाल
मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा छ ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौँ उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

हिमाली जिल्ला मनाङमा निषेधाज्ञा लगाउनुपर्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन् । उनले भनिन्, ‘यहाँ मान्छे थोरै छ, संक्रमण फैलिने जोखिम छैन, त्यसैले अहिलेसम्म निषेधाज्ञा लगाएका छैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?