काठमाडौँ, २ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा २ हजार ८ सय ८१, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जना गरी २ हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार देशभरमा भने ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।




