एजेन्सी, २ जेठ। भारतमा एकै दिनमा ४ हजार ७७ कोरोना संक्रमितको मृत्यु भएका छन् । उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ४६ लाख ८४ हजार नाघेको छ भने हालसम्म कोरोनाको कारण २ लाख ७० हजार २८४ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख १८ हजारभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएको जनाएको छ ।
भारतको कर्नाटकमा सबैभन्दा बढी ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा ३४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तामिलनाडुमा नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा बढी छ भने केरलामा ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा अहासम्म १८ करोड २२ लाख २० हजार डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।




