भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षीया महिलाको बिहीबार ५ बजे, बाँकेकै बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिलाको शुक्रबार विहान १:१५ बजे, खजुरा गाउँपालिका–३ की ७५ वर्षीया महिलाको शुक्रबार विहान २ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिलाको शुक्रबार विहान १ बजे तथा कोहलपुर–बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार ९ बजे राति मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा–९ कैलालका ४० वर्षीय पुरूषको बिहीबार साँझ ६:१० बजे मृत्‍यु भएको छ भने भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका–१ सल्‍यानका ६७ वर्षीया महिलाको बिहीबार साँझ ७ : ३० बजे र मधुबन नगरपालिका ६, बर्दियाका ५९ वर्षीय पुरूषको शुक्रबार बिहान ४ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २ सय २२ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १ सय ६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

" /> बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु - Sarbocha Media

बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु

`

     २०७८ वैशाख ३१ गते ५:५५

बाँके, ३१ वैशाख। बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ५ बजे साँझदेखि शुक्रबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, १/१ जना बर्दिया, सल्‍यान र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षीया महिलाको बिहीबार ५ बजे, बाँकेकै बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया महिलाको शुक्रबार विहान १:१५ बजे, खजुरा गाउँपालिका–३ की ७५ वर्षीया महिलाको शुक्रबार विहान २ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिलाको शुक्रबार विहान १ बजे तथा कोहलपुर–बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार ९ बजे राति मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा–९ कैलालका ४० वर्षीय पुरूषको बिहीबार साँझ ६:१० बजे मृत्‍यु भएको छ भने भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका–१ सल्‍यानका ६७ वर्षीया महिलाको बिहीबार साँझ ७ : ३० बजे र मधुबन नगरपालिका ६, बर्दियाका ५९ वर्षीय पुरूषको शुक्रबार बिहान ४ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २ सय २२ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १ सय ६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?