जसमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ का ६२ वर्षीय पुरुष र कैलालीको टिकापुर–७ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ५० वर्षीय पुरुषको बिहीबार बिहान ८ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशााख १९ गते संक्रमण पुष्टि भएको थियो । ६२ वर्षीय पुरुषको बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको थियो । उनीमा वैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

कैलालीकी ५६ वर्षीया महिलाको भेरी अस्पतालमै बिहीबार बिहान ९ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

" /> बाँकेमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु - Sarbocha Media

बाँकेमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु

`

     २०७८ वैशाख ३० गते ८:५४

बाँके, ३० वैशाख। बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेका दुई जना र कैलालीका एकजना रहेको जनाएको छ ।

जसमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ का ६२ वर्षीय पुरुष र कैलालीको टिकापुर–७ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ५० वर्षीय पुरुषको बिहीबार बिहान ८ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशााख १९ गते संक्रमण पुष्टि भएको थियो । ६२ वर्षीय पुरुषको बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको थियो । उनीमा वैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

कैलालीकी ५६ वर्षीया महिलाको भेरी अस्पतालमै बिहीबार बिहान ९ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?