काठमाडौँ, ३० वैशाख। बिहीबार सुनको भाउ घटेको छ । सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ बिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँमा झरेको छ ।
योसँगै चाँदीको भाउ बुधबारको तुलनामा प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।




