खनाल–नेपाल पक्षका एक नेताले भने, ‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो ।, समस्या नै ओली हुन्, फेरि उनलाई नै निरन्तरता दिन सकिँदैन भन्ने निचोड हाम्रो रह्यो ।’

गत २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसदिन उनीहरुले राजीनामा नगर्ने बरु संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए ।

यस समूहका सांसदहरुले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा बैशाख ३० गते राति ९ बजे सकिँदैछ ।

क–कसले दिँदैछन् राजीनामा ?
१) झलनाथ खनाल– इलाम १
२) माधवकुमार नेपाल–काठमाडौं २
३) योगेश भट्टराई– ताप्लेजुङ
४) जयकुमार राई– सुनसरी १
५) भवानी खापुङ–तेह्रथुम
६) यज्ञराज सुनुवार–ओखलढुंगा
७) गणेश पहाडी–सिन्धुली १
८) पवित्रा निरौला खरेल– झापा २
९) जीवनराम श्रेष्ठ– काठमाडौं ८
१०) नारायण खतिवडा– नुवाकोट १
११) विरोध खतिवडा–मकवानपुर २
१२ सुरेन्द्र पाण्डे –चितवन १
१३) घनश्याम भुसाल–रुपन्देही ३
१४) गोकर्ण विष्ट–गुल्मी १
१५) मेटमणि चौधरी दाङ–१
१६) झपट रावल कैलाली–२
१७) दीपकप्रकाश भट्ट– कञ्चनपुर ३
१८) भीम रावल–अछाम १
१९) कृष्णलाल महर्जन–ललितपुर २
२०) सोमप्रसाद पाण्डे –पाल्पा २

" /> माधव समूहका २० नेताको राजीनामा तयार - Sarbocha Media

माधव समूहका २० नेताको राजीनामा तयार

`

     २०७८ वैशाख २९ गते ११:२३

काठमाडौँ, २९ वैशाख । सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पुर्‍याउने बाटो खुल्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् ।

खनाल–नेपाल पक्षका एक नेताले भने, ‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो ।, समस्या नै ओली हुन्, फेरि उनलाई नै निरन्तरता दिन सकिँदैन भन्ने निचोड हाम्रो रह्यो ।’

गत २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसदिन उनीहरुले राजीनामा नगर्ने बरु संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए ।

यस समूहका सांसदहरुले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा बैशाख ३० गते राति ९ बजे सकिँदैछ ।

क–कसले दिँदैछन् राजीनामा ?
१) झलनाथ खनाल– इलाम १
२) माधवकुमार नेपाल–काठमाडौं २
३) योगेश भट्टराई– ताप्लेजुङ
४) जयकुमार राई– सुनसरी १
५) भवानी खापुङ–तेह्रथुम
६) यज्ञराज सुनुवार–ओखलढुंगा
७) गणेश पहाडी–सिन्धुली १
८) पवित्रा निरौला खरेल– झापा २
९) जीवनराम श्रेष्ठ– काठमाडौं ८
१०) नारायण खतिवडा– नुवाकोट १
११) विरोध खतिवडा–मकवानपुर २
१२ सुरेन्द्र पाण्डे –चितवन १
१३) घनश्याम भुसाल–रुपन्देही ३
१४) गोकर्ण विष्ट–गुल्मी १
१५) मेटमणि चौधरी दाङ–१
१६) झपट रावल कैलाली–२
१७) दीपकप्रकाश भट्ट– कञ्चनपुर ३
१८) भीम रावल–अछाम १
१९) कृष्णलाल महर्जन–ललितपुर २
२०) सोमप्रसाद पाण्डे –पाल्पा २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?