वीरगञ्ज, २९ वैशाख। पर्सामा लगाइएको निषेधाज्ञा जेठ ६ गतेसम्मका लागि लम्ब्याएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जेठ ६ गते राति ६ बजेसम्मका लागि निषेधाज्ञा गर्ने सिफारिस गरेको हो ।
संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरीएको निषेधाज्ञा कोभिड–१९ को संक्रमणको ‘चेन’ तोड्न उपयोगी देखिएकाले जेठ ६ गते राति १२ बजेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने बैठकले निर्णय हो ।




