लकडाउनमा अन्य जिल्लाबाट इलाम भित्रिने र बाहिरी सवारीसाधन चल्न दिइने छैन भने सभा, सम्मेलन, सेमिनार सञ्चालन हुन पाउने छैनन् । यस्तै, भीडभाड र सम्भावित जोखिम हुन दिइने छैन भने सिनेमा हल, पार्टी प्यालेस बन्द गरिने भएको छ । सार्वजनिक निकाय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था बन्द रहने छन् भने साप्ताहिक हाट समेत खोल्न पाइने छैन ।

अहिलेसम्म अधिकांस स्थानीय तहमा कोरोना फैलिसकेकाले नियन्त्रण बाहिर जान नदिने प्रशासनले लकडाउन लाउने निर्णय लिएको हो ।

" /> इलाममा जेठ १२ गतेसम्म लकडाउन - Sarbocha Media

इलाममा जेठ १२ गतेसम्म लकडाउन

`

     २०७८ वैशाख २८ गते १२:४९

इलाम, २८ वैशाख । इलाममा कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार राति १२ बजेबाट जिल्लाभर लकडाउन लाग्ने भएको छ । ​

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले अत्यावश्यक सेवाबाहेक जेठ १२ गते सम्मका लागि लकडाउन जारी गरेका हुन् । यसअघि बजार तथा राजमार्ग र सडकमा निस्कन कडाइ गरिएको भए पनि लकडाउन लगाइएको थिएन ।

लकडाउनमा अन्य जिल्लाबाट इलाम भित्रिने र बाहिरी सवारीसाधन चल्न दिइने छैन भने सभा, सम्मेलन, सेमिनार सञ्चालन हुन पाउने छैनन् । यस्तै, भीडभाड र सम्भावित जोखिम हुन दिइने छैन भने सिनेमा हल, पार्टी प्यालेस बन्द गरिने भएको छ । सार्वजनिक निकाय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था बन्द रहने छन् भने साप्ताहिक हाट समेत खोल्न पाइने छैन ।

अहिलेसम्म अधिकांस स्थानीय तहमा कोरोना फैलिसकेकाले नियन्त्रण बाहिर जान नदिने प्रशासनले लकडाउन लाउने निर्णय लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?