काठमाडौँ, २७ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ र निको हुनेको संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ ।
नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ रहेको मन्त्रालयले जनाएको छ ।




