काठमाडौँ, २७ वैशाख । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोलामा २ सयले बढेर ९२ हजार रुपैयाँ कागम भएको जनाएको छ ।
आइतबार सुनको चाउ प्रतितोलामा १ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
तेजाबी सुनको मूल्य सोमबार ५१ हजार ५ सय रुपैयाँमा कायम रहेको छ ।
योसँगै चाँदीको भाउ भने प्रतितोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । आइतरबार चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो ।




