बाँके, २६ वैशाख। बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । जसमा बाँकेका २ जना र बर्दियाका १ जना गरी तीन जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
उनका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा आइतबार बिहान ११ः१० बजे मृत्यु भएको हो । उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका–११ का २४ वर्षीय युवकको नेपालगञ्ज मेडिकल कलेजमा आइतबार बिहान १०ः४० बजे मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।
भेरी अस्पतालमै बर्दियाको बढैयाताल गाउँपालिका–१ की ९२ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।
उपचारका क्रममा बाँकेमा शनिबार राति र आइतबार बिहान गरी ५ जनाको मृत्यु भएको जनाएको छ ।




