काडमाडौँ, २३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा थप ५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । २ हजार ७ सय ७ जनाले गत २४ घण्टामा कोरोनालाई जितेका छन्।
यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।




