बाँके, २३ वैशाख । बाँकेमा बिहिबार मात्रै ५ सय ८ जनाले कोरोना जितेर घर फर्किएको छन् ।
कोरोना संक्रमित भई विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत २४१ महिला र २६७ पुरूष गरी एकैदिन ५ सय ८ जना संक्रमित कोरोना जितेर घर फर्किएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
दुई दिनको अवधिमा बाँकेका ८ सय १ जना कोरोना जितेर घर फर्किएको फोकल पर्सन वलीले जानकारी दिए ।
साथै बाँकेमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय १२ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने भाइरस संक्रमणलाई पराजित गर्न सकिने चिकित्सकहरु भनाइ छ ।




