अध्यक्ष महरले झाँक्रीको उक्त अभिव्यक्तिलाई आत्महत्याअघि अरूको हत्याको योजना बनाउने गम्भीर अपराधको रूपमा व्याख्या गरेको छ । महरले उल्लेख गरेको छ, ‘मानिस जब आफ्नो कर्म या कुकर्म बाट जीवनमा विक्षिप्त हुन्छ अनि उसले आत्महत्याको बाटो रोज्छ। आत्महत्या कायरता हो । अझ गम्भीर विषय त के हो भने जब आत्महत्या गर्नु अघि अरूको हत्या गर्ने योजना बुन्छ त्यो गम्भीर अपराध हो । नेकपा एमालेका सबै सचेत नेता कार्यकर्ताहरूले यस्ता खालका कायरता र अपराध प्रति सचेत हुन जरुरी छ ।’

त्यसअघि झाँक्रीले भनेको थियो, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड । हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे…‘अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

" /> नेतृ रामकुमारीलाई ऐनको गम्भीर चेतावनी : आत्महत्या अघि अरूको हत्या झन् गम्भीर अपराध हो - Sarbocha Media

नेतृ रामकुमारीलाई ऐनको गम्भीर चेतावनी : आत्महत्या अघि अरूको हत्या झन् गम्भीर अपराध हो

`

     २०७८ वैशाख २२ गते १२:५६

काठमाडौँ, २२ वैशाख । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई अनेरास्ववियूका अध्यक्ष ऐन महरले सामाजिक सञ्जाल फेसबुक मार्फत जवाफ फर्काएको छ ।

झाँक्रीले आफूहरू सत्यनास भएपछि ओलीलाई पनि लिएर सत्यनासको बाटोमा डुब्छौँ भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएपछि महरले त्यसको प्रतिवाद गरिएको छ ।

अध्यक्ष महरले झाँक्रीको उक्त अभिव्यक्तिलाई आत्महत्याअघि अरूको हत्याको योजना बनाउने गम्भीर अपराधको रूपमा व्याख्या गरेको छ । महरले उल्लेख गरेको छ, ‘मानिस जब आफ्नो कर्म या कुकर्म बाट जीवनमा विक्षिप्त हुन्छ अनि उसले आत्महत्याको बाटो रोज्छ। आत्महत्या कायरता हो । अझ गम्भीर विषय त के हो भने जब आत्महत्या गर्नु अघि अरूको हत्या गर्ने योजना बुन्छ त्यो गम्भीर अपराध हो । नेकपा एमालेका सबै सचेत नेता कार्यकर्ताहरूले यस्ता खालका कायरता र अपराध प्रति सचेत हुन जरुरी छ ।’

त्यसअघि झाँक्रीले भनेको थियो, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड । हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे…‘अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?