काठमाडौँ, २२ वैशाख । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ ।
कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उनको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ । उनको स्वास्थ्य अवस्थामा दैनिक रुपमा सुधार हुँदै आएको बताएको छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ।




