श्वासप्रश्वासमा समस्या भएपछि ७० वर्षका पुरुषलाई आफन्तले केही दिनअगाडि अस्पताल ल्याएका थिए भने होम आइसोलेसनमा बसेका सिद्धकुमाख गाउँपालिकाका वर्ष ३५ का पुरुषलाई सोमबार बेलुकी उपचारका लागि ल्याइएको थियो ।

अक्सिजनको कमीका कारण अवस्था गम्भीर भएपछि जिल्ला अस्पतालले सिद्धकुमाखका पुरुषलाई सोमबार राति नै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको थियो ।

यससँग जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । चार जनाको जिल्ला अस्पताल, एक जनाको होम आइसोलेसन र चार जनाको नेपालगन्जमा मृत्यु भएको बताएको छ ।

पछिल्लो समय कोरोना संक्रमितहरूमा श्वासप्रश्वासमा समस्या देखिएको तर जिल्ला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन मौज्दात नरहेको अस्पताल प्रमुख डा. भीमकान्त जैसीले बताए । जिल्ला अस्पतालमा अहिलेसम्म आईसीयू तथा भेन्टिलेटर सञ्चालन हुन नसक्दा गम्भीर अवस्थाका बिरामीको उपचार गर्न मुस्किल रहेको उनको भनाइ छ ।

१६ शय्याको आइसोलेसन कक्षमा बिरामीको चाप बढ्दै गएको जैसीले बताए । जिल्लामा संक्रमितको संख्या तीन सय पुगिसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले जनाएको छ ।

" /> सल्यानमा कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु - Sarbocha Media

सल्यानमा कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु

`

     २०७८ वैशाख २१ गते ५:४१

सल्यान, २१ वैशाख । कोरोना संक्रमणका कारण सल्यानमा मंगलबार थप दुई जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पतालमा उपचार गराइरहेका बागचौर नगरपालिकाका ७० वर्षीय र जिल्ला अस्पतालबाट रिफर गरेर प्रदेश अस्पताल पठाइएका सिद्धकुमाख गाउँपालिकाका ३५ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ७० वर्षका पुरुषलाई आफन्तले केही दिनअगाडि अस्पताल ल्याएका थिए भने होम आइसोलेसनमा बसेका सिद्धकुमाख गाउँपालिकाका वर्ष ३५ का पुरुषलाई सोमबार बेलुकी उपचारका लागि ल्याइएको थियो ।

अक्सिजनको कमीका कारण अवस्था गम्भीर भएपछि जिल्ला अस्पतालले सिद्धकुमाखका पुरुषलाई सोमबार राति नै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको थियो ।

यससँग जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । चार जनाको जिल्ला अस्पताल, एक जनाको होम आइसोलेसन र चार जनाको नेपालगन्जमा मृत्यु भएको बताएको छ ।

पछिल्लो समय कोरोना संक्रमितहरूमा श्वासप्रश्वासमा समस्या देखिएको तर जिल्ला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन मौज्दात नरहेको अस्पताल प्रमुख डा. भीमकान्त जैसीले बताए । जिल्ला अस्पतालमा अहिलेसम्म आईसीयू तथा भेन्टिलेटर सञ्चालन हुन नसक्दा गम्भीर अवस्थाका बिरामीको उपचार गर्न मुस्किल रहेको उनको भनाइ छ ।

१६ शय्याको आइसोलेसन कक्षमा बिरामीको चाप बढ्दै गएको जैसीले बताए । जिल्लामा संक्रमितको संख्या तीन सय पुगिसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?