काठमाडौँ, २० वैशाख। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित रहेका छन् । देशभर थप ७ हजार ४ सय ४८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण थप ३७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको स्वास्थ्य मन्त्रालय जनाएको छ ।




