चितवन, २० वैशाख। चितवनमा कोरोना संक्रमणका कारण थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ३ र पुरानो मेडिकल कलेजमा १ गरि ४ जना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । चितवन मेडिकल कलेजमा ९ जना र पुरानो मेडिकल कलेजमा ४ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाएको छ ।
यस्तै ६४ जना बिरामी आईसीयूमा उपचाररत छन् ।
जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना संक्रमितमध्ये भरतपुर अस्पतालमा १०६, चितवन मेडिकल कलेजमा ७८ र पुरानो मेडिकल कलेजमा ३६ जना रहेको बताएको छ ।




