जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साँझ ६ बजे बैठक बस्ने जनाएको छ ।

प्रमुख अधिकारी निरौलाले भने, ‘कोरोना संक्रमण दर बढेको बढ्यै छ, सर्वसाधारणहरू सडकमा हिँडिरहेका छन्, अब यसरी हुँदैन कडाइ गर्नुपर्छ भन्ने हाम्रो योजना छ।’

काठमाडौँ उपत्यकामा वैशाखभरका लागि सरकारले अत्यावश्यकबाहेक अरू क्षेत्रका लागि वैशाखभर निषेधाज्ञा लागू गरेको बताएको छ।

" /> उपत्यकामा लकडाउन थप कडाई गरिँदै : तीन जिल्लाका सिडिओको बैठक बस्दै - Sarbocha Media

उपत्यकामा लकडाउन थप कडाई गरिँदै : तीन जिल्लाका सिडिओको बैठक बस्दै

`

     २०७८ वैशाख २० गते ७:४९

काठमाडौँ, २० वैशाख । काठमाडौँ उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठक बस्ने भएको छ ।

उपत्यकाका कुनकुन क्षेत्रमा कडाइ गर्नेबारे सोमबार तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक बस्न लागेको हो। जारी निषेधाज्ञाको समीक्षा गर्दै थप क्षेत्रमा कडाई गरिने बताइएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साँझ ६ बजे बैठक बस्ने जनाएको छ ।

प्रमुख अधिकारी निरौलाले भने, ‘कोरोना संक्रमण दर बढेको बढ्यै छ, सर्वसाधारणहरू सडकमा हिँडिरहेका छन्, अब यसरी हुँदैन कडाइ गर्नुपर्छ भन्ने हाम्रो योजना छ।’

काठमाडौँ उपत्यकामा वैशाखभरका लागि सरकारले अत्यावश्यकबाहेक अरू क्षेत्रका लागि वैशाखभर निषेधाज्ञा लागू गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?